जनकपुर, मंसिर १० – जनकपुरमा शुक्रबार राति शक्तिशाली बम विस्फोट भएको छ । जनकपुरको बाह्रविगाहा मैदानमा बम विस्फोट भएको हो । मैदानको उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट भने कुनै प्रकारको क्षति भएको छैन । बम विस्फोट भएको ठाउँबाट केही पर छेउको घरमा राजपा नेता राजेन्द्र महतोको डेरा छ ।
मैदानको उत्तर तर्फको सडकबाट पर्खाल पारि बाह्रविगाहा मैदामा कसैले सकेट बम फालेर विस्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।
त्यस क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीन धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्