ग्यास सिलिन्डर पड्केर झपामा आगलागी, २३ घर जलेर नष्ट

झापा : झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टास्थित साठीविघामा गएराति आगलागी हुँदा २३ घरमा क्षति पुगेको छ । राति करिव आठ बजेतिर लागेको आगो करिव दुई घन्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । ग्यास सिलिन्डर पडकेर आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

काकडभिट्टा बजारको बधशाला क्षेत्रका फुसका घरहरुमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घर स्थानीयको घरमा रहेका लत्ताकपडा खाद्यान्न लगायतका सबै सामाग्री जलेर नष्ट भएका छन् । आगलागीबाट डेढ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मेचीनगर नगरपालिकामा एउटा मात्रै दमकल हुँदा आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!