म्यानचेष्टर युनाइटेडले जित्यो

मंसिर १० – म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटवलमा म्यानचेष्टर सिटीसंगको अंक दूरी छोट्याएको छ । गएरातिको खेलमा ब्राइटनलाई १ शुन्यले हराउँदै म्यानचेष्टर युनाइटेडले सिटीसँगको दूरी ३ अंकले घटाएको हो ।

म्यान यू को १३ खेलबाट २९ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ३४ अंक छ । प्रतियोगितामा क्रिष्टल प्यालेसले स्टोकलाई २–१ ले तथा वार्टफोर्डले न्यु क्यासललाई ३–० ले हराएका छन् । यस्तै टोटनह्याम र वेष्टब्रोम तथा लिभरपुल र चेल्सीले एक एक गोलको तथा स्वान्सी र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!