करिस्मा विष्टको पप गीत ‘विद्यानास’ सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाल आइडलको दोश्रो अडिसनमा कैलालीमा र्याप गीत गाएर भाइरल भएकी करिष्मा विष्टको ‘विद्यानास’ बालेको पप गीत सार्वजनिक भएको छ।

युट्युबबाट सार्वजनिक भएको उक्त पप गीतमा गायक चक्र बम र करिष्मा विष्टको स्वर रहेको छ। चक्र बमको शब्द तथा संगीत सिर्जनामा तयार भएको ‘विद्यानास’ बोलको पप गीतमा कमल सौरागको एरेन्ज रहेको छ।

उक्त म्युजिक भिडियोको मिक्सिङ्ग खडक बाजुरेलीले गरेका हुन्। म्युजिक भिडियोमा चक्र बम, करिष्मा विष्ट, अंकित र करिष्माको दमदार अभिनय देख्न सकिन्छ।

मिलन विश्वकर्माको सम्पादनमा तयार भएको ‘विद्यानास’ बोलको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन्।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!