कानून कार्यान्वयनमा प्रहरी कठोर रुपमा प्रस्तुत हुनुपर्ने -सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनले अंगिकार गरेको भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता नीति पूर्ण रुपमा पालना गर्दै कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरु कठोर रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीको शनिबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

Image may contain: 1 person, standing, sky, tree, outdoor and nature
प्रहरी महानिरीक्षक खनालले सर्वसाधारणको मनमा हाम्रो प्रहरी, राम्रो प्रहरी भन्ने सोंच आउने किसिमले सभ्य व्यवहार प्रस्तुत गर्दै उत्कृष्ट काम गर्नुपर्ने बताउँदै महिला हिंसा तथा लैंगिक हिंसा न्यूनिकरणका लागि समुदाय तथा स्थानीय निकायहरुसँगको साझेदारीद्धारा सचेतना मुलक कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । चोरी, डकैती, गुण्डागर्दी नियन्त्रणमा कठोर रुपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Image may contain: 6 people, people standing, tree and outdoor
प्रहरीको ब्यक्तित्व आफूले लगाएको पोशाकबाट झल्किने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो टर्नआउट, कार्यालय व्यावस्थापन, साधन श्रोतको सुरक्षा लगायतका काममा बिशेष ध्यान दिन समेत उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत प्रहरी कार्यलयमा कार्यरत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!