‘हिउँ सरी’ बोलको नयाँ गीतको म्युजिक भिडियो श्रोतामाझ

काठमाडौं : गायक प्रल्हाद तिमल्सिनाको ‘हिउँ सरी’ बोलको नयाँ गीतको म्युजिक भिडियो श्रोतामाझ आएको छ। जीवन लुइँटेलको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतको भिडियोमा पुष्प खड्का र सुमी मोक्तानको अभिनय छ।

भिडियो उत्तम हुमागाईंले खिचेका हुन्। प्रकाश तुलाधरको सम्पादन तथा हरि हुमागाईंको निर्देशनमा भिडियो तयार भएको हो। भिडियो क्रिस्मसको अवसर पारी रिलिज गरिएको हो। भिडियो बाक्लो हिउँमा छायांकन गरिएको गायक तिमल्सिनाले बताए।

नेपाली फिल्ममा पाश्र्व गायकका रूपमा चिनिएका तिमल्सिनाले यसअघि ‘महक’ एल्बम ल्याएका थिए। अहिले ‘महक–२’ मा समेटिएको ‘हिउँ सरी’ गीत रिलिजसँगै चर्चामा छ।

 

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!