नेकपामा प्रचण्ड हाबी, कमजाेर बन्दै ओली :राजतन्त्र फर्कने खतरा !

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाबी भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै प्रचण्ड बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली कमजाेर देखिए । अाेली भने रक्षात्मक रुपमा प्रस्तुत भएका थिए ।

पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए । तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा प्रचण्ड एकछत्र ‘हाबी’ देखिएको एक स्थायी समिति सदस्यले बताए ।

तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो । दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे । त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन् । बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए । उनले अबको पार्टी नेता आफू भएको सन्देश दिए ।

एक स्थायी समिति सदस्यका अनुसार, दाहालले यो पटकको स्थायी समिति बैठकमा सबै नेताहरूलाई उत्तिकै परिचालनको अवसर पाए । आगामी दिनमा पनि पार्टीभित्रको समीकरण आफूअनुकूल राख्न सके दाहाल सफल दरिने ती नेताको बुझाइ छ । याे समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!