अब देखि गणेश मन्दिरमा दलितहरुले पनि पुजा गर्न पाउने

केदार शर्मा, खैरहनी

चितवनको खैरैहनीमा जातीय छुवाछुतविरुद्ध गरिएको सचेतनामूलक कार्यक्रम पश्चात दलित समुदायका ब्यत्तिहरुले मन्दिर पस्न पाउने भएका छन । नगरपालिकाको वडा नम्बर ९ पिपरामा रहेको शिद्धिबिनायक गणेश मन्दिरमा दलितहरुलाई पस्न रोक लगाईएको थियो । मन्दिर निर्माण भएको दिनदेखिनै त्यो मन्दिरमा दलित समुदायका ब्यत्तिलाई मन्दिर प्रबेशमा रोक लगाउदै आएको संयुक्त दलित संघर्ष समितिका संयोजक गोपाल परियारले बताए ।

खैरहनी नगरपालिका–९ मा स्थानीय दलित समुदायका मानिसलाई एक पण्डितले छुवाछुतको व्यवहार गरेको भन्दै उक्त गाँउमा सचेतनामूलक कार्यक्रम गरिएको हो । संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको जातीय छुवाछुत विरुद्ध सचेतनामूलक जनजागराण कार्यक्रममा बोल्ने वक्ताहरुले कसैको जातको आधारमा कसैलाई पनि छुवाछुत गर्नु नहुुने बताए ।

कार्यक्रममा कानुन व्यवसायी गोपीलाल देवकोटाले जातीय छुवाछुत गर्नु कानुनी अपराध भएकाले त्यस्तो कार्य गर्नेलाई कानुनी कारबाहीको व्यवस्था रहेको प्रष्ट पारेका थिए । उक्त स्थानमा रहेको मन्दिरमा दलित समुदायको मानिसहरुलाई प्रवेश गर्न नदिने गरेको भन्दै सचेतनामूलक कार्यक्रम पश्चात्बाट नै दलित समुदायका मानिसहरुलाई मन्दिर प्रवेश गराइएको थियो ।

संयुक्त संघर्ष समितिका संयोजक गोपाल परियारको अध्यक्षतामा भएको कार्यक्रममा दलित अधिकारकर्मी खेम दर्जी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था र राजनीतिक दलहरुका प्रतिनिधिहरु, खैरहनी नगरपालिकाका मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!