४० औं तलाबाट खसेर नेपालीको ज्यान गएको भाइरल बनेपछि बल्ल थाहा पायो कम्पनीले

आबुधावीमा एक नेपालीको काम गर्ने क्रममा ४० औं तलाबाट खस्दा लमजुङको बेंसीशहर नगरपालिका–१० बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको ज्यान गएको छ ।

आइतबार आबुधाबीको कर्नेस रोडमा रहेको इत्तेहाद टावरको भित्तामा डोरीमा झुण्डिएर सिसा सफा तथा पेन्टिङ काम गर्ने क्रममा रोप लिफ्टबाट खसेर उनको ज्यान गएको हो ।

टुकप्रसादले आउँदो असोज २५ गते तिहार मनाउन घर आउन टिकट लिएको र उनले ५ महिना अघि जन्मिएको छोराको मुख हेर्न भन्दै केही सामान पनि किनेर राखेको सँगै काम गर्ने नेपालीहरुले बताएका छन् ।

टुकप्रसादको ज्यान गएकोबारे यहाँ कार्यरत नेपालीहरुले सूचना र तस्बिर भाइरल बनाएपछि कम्पनीले निगरानी बढाएको छ ।आफन्त तथा साथीहरु जानकारी गराए पनि आधिकारिक निकायबाट कुनै जानकारी नआएको दुतावासको भनाइ छ ।

-रत्नपार्क अनलाईनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!