रबि लामिछानेको अस्पताल निर्माण अभियानमा इशा गुरुङको सहयोग

काठमाडौ। प्रबासमा बसेर पनि नेपाल र नेपालीहरुको सेवामा निरन्तर लागिरहेकी समाजसेवी हुन् इशा गुरुङ। बेलायतको लण्डनलाइ आफ्नो कर्म क्षेत्र बनाएपनि नेपाल मा भैरहेको हरेक पलको खबर राख्ने समाजसेवी इशा गुरुंगले आफुले गर्न सक्ने सहयोग निरन्तर गरिरहेकी छिन्। गरिब दुखि लाइ आर्थिक सहयोग दिने देखि कुनै अभियान संचालन गरेर सहयोग जुटाउने र आबस्यक ठाउमा हस्तान्तरण गर्दै नेपाली समाजको भलाइमा बिगत लामो समय देखि सक्रिय रहेकी छिन।

उहाले आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रूपिया सहित हाल सम्म ८८ जना सहयोगी मनहरूको तर्फबाट जम्मा १५ लाख बढी रकम सहयोग संकलान भएको जानकारी दिनुभएको हो।सहयोगको खाचो परेका धेरैलाई सहयोग गरिसकेकी इशा जी ले यस पटक पनि ठुलो सहयोगको घोषणा गरेकी छिन। एक अभियान नै संचालन गरेर उहाले रास्कोट अस्पताल निर्माणका लागि ठुलो रकम संकलन गर्नुभएको हो। कर्णालीको बिकट गाउमा अस्पतालको मुख सम्म पनि देख्न नपाइ मर्ने गरेको घटना सिधा कुरा जनताले देखाएको थियो। उक्त ठाउमा रबि लामिछानेले अस्पताल निर्माण गर्ने अभियान थालेपछि त्यसै अभियानलाई सहयोग गर्दै इशा गुरुंगले सहयोग अभियान सुरु गरेकी हुन्।

यस अभियानमा संकलन भएको रकम को बारेमा उहाले फेसबुक मार्फत सार्बजनिक गर्नु भएको छ। उहा मार्फत रास्कोट अस्पताल निर्माण गर्न सहयोग गर्न चाहनेका लागि अझै १० दिन भित्र सहयोग गर्न सकिने भएको छ। उहाको अभियान जनवरी १० मा बन्द हुदैछ।सेवा नै धर्म हो भन्ने मूल मन्त्र का साथ अघि बढिरहेकी समाजसेवी इशा गुरुंगले रबी लामीछाने को अभियान अन्तर्गतको रास्कोट कालिकोट नेपाल सामुदायिक हस्पिट्ल निर्माणको लागी रकम जुटाउने काम गरिरहेकी छिन। अहिले सम्म यस अभियान अन्तर्गत १५ लाख बढी रकम संकलन भैसकेको समेत फेसबुक मार्फत नै जानकारी समेत दिनु भएको छ।

सम्पूर्ण आर्थिक सहयोग गर्नुहुने सबै उदार मनका धनीहरूलाइ धन्यबाद दिदै आफ्नो अभियान जनवरी १० मा बन्द गर्ने घोषणा समेत गर्नु भएको छ। संकलित सहयोग रकमको एक एक पैसा रास्कोट अस्पताल निर्माणमा प्रयोग गरिने फेसबुक मार्फत जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!