‘लोकल भाले’ बोकेर सुत्केरी भेट्न पुगे गाउँपालिका अध्यक्ष

राजु पौडेल
झापा । जनप्रतिनिधि ‘लोकल भाले’ बोकेर सुत्केरी भेट्न पुगेको तपाईले देख्नु या सुन्नु भएको छ ? अनौठो नमान्नुहोस्, झापाको एक स्थानीय तहका जनप्रतिनिधि ‘लोकल भाले’, हर्लिक्स र बच्चाका लागि कपडा तथा डाईफर बोकेर सुत्केरी महिला भेट्न स्वास्थ्य चौकी पुगेका छन् ।

झापाको हल्दिबारी गाउँपालिका ४ मा रहेको स्वास्थ्य चौकीमा सञ्चालनमा आएको बर्थिङ सेन्टरले पहिलो पटक प्रसुति सेवा प्रदान गरी सुत्केरी गराएपछि सुत्केरी भेट्न गाउँपालिका अध्यक्ष ‘लोकल भाले’ लिएर स्वास्थ्य चौकी पुगेका हुन् । सोमबार बर्थिङ सेन्टरमा पहिलो पटक प्रसुति भएकी हल्दिबारी ५ की सुजता तामाङ र नवजात शिशुको अवस्था बुझ्न गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनसहित स्थानीय जनप्रतिनिधी, कर्मचारी स्वास्थ्य चौकी पुगेका हुन् ।

गत पौष १ गतेदेखी गाउँपालिकाले वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीबाट बर्थिङ सेवा सुरुवात गरेको थियो । बर्थिङ सेवालाई विश्वसनीय र प्रभावकारी बनाउन यस किसिमको प्रोत्साहनको कार्यक्रम गरिएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए । @News24 Nepal

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!