म्याग्दी खोलाले बगाएर २२ बर्षिय सुवास भण्डारीको मृत्यु

म्याग्दी खोलाले बगाएर एक यूवाको ज्यान गएको छ । मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा विद्युत गृहमा काम गरेर फर्किने बेलामा खोलाले बगाएर धवलागिरी गाउँपालिका-३ मुना फलियागाउँका अन्दाजी २२ बर्षिय सुवास भण्डारीको मृत्यु भएको हो ।

निमार्णधिन अवस्थामा रहेको गणपति सवस्टेशनमा काम गरेर खोलाबाट घर तर्फ जादै गरेका भण्डारी चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बेनीअनलाइनलाई बताए । उनका अनुसार घटनास्थलबाट करिव ७ सय मिटर तल दुईवटा ढुंगाको बीचमा शव भेटिएको छ। घर फर्किने बेलामा बेपत्ता भएपछि खोजीकार्य सुरु गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!