सागर आलेले गाउँदा युवतीहरू यसरी स्टेजमा ओईरिएपछि.. (भिडियो)

नयाँबाटो नेपाल आइडलमा सबैभन्दा भाग्यमानी सागर आले मगर पुष्टि हुँदै गएका छन् । नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास पुरस्कार रकममा सीमित हुँदा सागर आलेमगर चौथो स्थानबाटै बाहिरिएपछि मगर समुदायको सहानुभूतिले झण्डै करोड आर्थिक उपहार पनि प्राप्त भएको छ ।

अहिले कलाकारहरु कन्सर्टबाटै बाँचिरहेका छन् । सागर आलेलाई नेपाल आइडल बाट बाहिरिने बित्तिकै भ्याई नभ्याई छ । नेपाल आइडलका तीन जना बुद्ध लामा, निशान र प्रताप आयोजकको परिवन्दमा छन् । तर चौथो भएकाले सागरलाई रोक्न आयोजकले नसक्ने कुरा पोखरामा भएको एक प्रेस मिटमा खुल्यो ।

टप थ्रीमा रहेका तीनै जनालाई आफूखुशी देश बाहिर जान नपाउने, अनुमति चाहिने रहेछ । सागर आले अहिले मलेसियामा छन् । टप थ्री पोखराको कन्सर्टका लागि पोखरा आउँदा प्रेस मिट आयोजना भएको थियो । बुद्ध, निशान र प्रतापलाई अन्तर्वाता दिन समेत अनुमति चाहिन्छ । उनीहरु आफू परिबन्दमा परेको खुलाउँदैनन् । बुद्ध त उपाधि विजेता भयो, निशान र प्रतापलाई भने सागर देश दौडाहामा निस्केर लाखौं नेपालीको मन सँगै धन जुटाईरहँदा मनमा केहि खड्कनु स्वभाविक हो ।

पत्रकारले प्रश्न सोधिरहँदा निशान र प्रतापको अनुहारमा एक्कासी चमक आएको र हाँसेको देख्न सकिन्थ्यो । परिबन्द राखेकोबारे उनीहरु खुल्न चाहेको यस अघिको प्रेस मिटमा पनि प्रष्ट देखिन्थ्यो ।

प्रतियोगता सकिएपछि पनि नियमानुसार नै आयोजकले आफ्नो प्रोडक्टलाई संरक्षण गर्ने गर्छ । तर सागर अन्तर्राष्ट्रिय भ्रमणसँगै एकै कार्यक्रमको दशौं लाख लिईरहँदा उनीहरुलाई खुम्चिएर बस्नुपरेको पीडा चाहिँ प्रष्ट छ ।

सागरले ७० लाख बढि आर्थिक सहयोग पाईसकेका छन् । लाखौं लिएर कन्सर्ट गरिरहेका छन् । जिन्सी गहना उपहार पाईरहेका छन् । लोक गीत समेत गाउन सक्ने एकमात्र प्रतियोगी भएका कारण उनको गाउँ गाउँसम्म फ्यान बढी रहेको पनि देखिएको छ । टप थ्री हुनुभन्दा टप फोरमा बाहिरिएर पनि यति धेरै माया पाउँदा सागर उत्तिकै मख्ख छन् ।

सबैले माया गरेको नेपाल आइडल बुद्ध, मिठो स्वरका राजा निशान, भर्सटायल गायक प्रताप र लोक गीत समेत गाउन सक्ने सागरको आ-आफ्नै फ्यान छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!