हो, रामबहादुर बमजन साँच्चै नै बलात्कारी हो! मेरी श्रीमतीलाई सबै थाहा छ !

७ पुस काठमाडौँ, तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रमबाट आफ्ना परिवारका सदस्य बेपत्ता भएको भन्दै विभिन्न जिल्लामा ४ वटा जाहेरी परेका छन्। सेतोपाटी अनलाइनमा बम्जनका काला कर्तुत बारे सिलसिलेबार रुपमा लेखिएको समाचारमा अर्का पाठक जो बम्जनको आश्रमबाट पिडित बने जसले प्रतिक्रिया दिंदै बम्जनको अर्को पोल खोलेका छन् ।

यस्तो छ सेतोपाटीमा गरिएको प्रतिक्रिया

हो। साँच्चै नै रामबहादुर बमजन बलात्कारी हो! बमजन मेरी श्रीमतीको आफ्नै फुपूको छोरा हो। मेरी श्रीमतीलाई उसको कालो कर्तुतका बारेमा सबै थाहा छ।मेरी श्रीमती सानैदेखि बमजनको आश्रममा आनी भएर बसेकी हुन्। उसलाई पनि बमजनले यौनशोषण र कयौंपल्ट जबर्जस्ती गर्न खोजेको रहेछ।उसको यस्तो हर्कत थाहा भएपछि मेरी श्रीमती त्यहाँबाट भागेकी रहिछन्। र, साउदी अरब गइन्।यी सबै थाहा भएपछि मैले उनलाई ‘तिमीले किन यस्तो कुरा बाहिर नल्याएको?’ भनेँ।

उनले भनिन्, ‘बमजनको पछाडि धेरै गुण्डाहरू छन्। उसका बारेमा कसैले बाहिर पोल खोल्ना साथ त्यसलाई कहाँ-कसरी बेपत्ता पार्छ, थाहा हुँदैन।’उनलाई पनि आफ्नो ज्यानको डर थियो। म उनको हुनेवाला श्रीमान थिएँ। त्यो समय उनले मलाई आफ्नो जीवनमा भएका सबै घटना बताएकी थिइन्। त्यही क्रममा रामबहादुर बमजनका बारेमा पनि थाहा भयो।मैले ‘यस्तो अधर्मी कुरा बाहिर ल्याउनु पर्छ’ भन्दा उनले मलाई ‘हाम्रो जीवनलाई खतरा हुन्छ, बमजन ठीक छैन’ भन्दै विन्ति गरिन्।आजभोलि बमजनका कुकृत्य र कुविचारका समाचार आउँदा मैले यति कुरा लेख्ने आँट गरेको हुँ।छानबिन हुनै पर्छ।यस्ता अपराधीलाई कानुनको दायरामा ल्याउनै पर्छ!

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!