सेकुरिटी गार्ड हेमाकी आमाको लागि आयो यति ठूलो सहयोग

काठमाडौं, १८ पुस । ठमेलको सपना गार्डेनमा सेकुरिटी गार्ड गार्डको जागिर गर्ने हेमा राई एक्कासी भाईरल भईन् । हेमाको जीवन कथा र संघर्ष अनि उनको सुन्दरताका साथमा मिठो बोलीले सबैलाई तान्यो । जब सेकुरिटी गार्ड ड्रेसमा उनको भिडियो आयो सबैको ध्यान खिच्यो । बुवाले छोडेपछि आमा र बहिनीलाई पाल्न बिदेशसम्मको यात्रा गरेकी हेमाले साहसी, निडर र जिम्मेवार छारीको उपमा पाईन् ।

हेमाको बुवाले बिचमै परिवारलाई छोडे । आमालाई प्यारालाईसिसको बिरामीले समात्यो । १० कक्षामा पढ्ने बहिनीलाई पढाउनु, आमाको उपचार गर्नु र घर चलाउनु हेमाको काधमा जिम्मेवारी आयो । ३ बर्ष इराकमा हाउस मेडको जागिर खाएर पनि सोचे जस्तो कमाई र बचत नभएपछि हेमा स्वदेश फर्किईन् र सेकुरिटी गार्डको जागिर गर्न थालिन् ।

युटुब च्यानलमा उनको भिडियो आयो उनी भाईरल भईन् । म्युजिक भिडियो खेलिन् । नयां नयां न्युज नेपालका शिशिर भण्डारीले पहिलो सहयोग गरेपछि अहिले धेरैले सहयोग पनि गर्न थालेका छन् । यसैबिच कलाकार तथा भिजे शिशिर भण्डारी बिदेशमा बसेका नेपालीहरुले पठाएको सहयोग रकम लिएर हेमा बस्ने कोठा कर्तिपुरमै पुगे । उनल हेमाको आमा र बहिनीलाई पनि भेटे । अनि रमाईलो कुरा गरे । ५० हजार हस्तान्तरण गर्दै गर्दा हेमाको बिहेको कुरा चल्यो । अनि छोडेर जाने श्रमानलाई आमाले यस्तो भनिन् । भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!