प्रहरी नै चकित, महोत्तरीवाट ठुलो परिमाणमा हातहतियार बरामद

काठमान्डौ पौष १८ – महोत्तरीमा सशस्त्र प्रहरीले १ लाखभन्दा बढी मोल बराबरको फलामबाट बनेको चुलेसी, बन्चरो, हथौडी लगायतका सामग्री नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल, जलेश्वरले मंगलबार ना३ख ६१३५ नम्बरको भिठामोड देखि जनकपुरसम्म चल्ने सार्वजनिक बसबाट सो परिमाणको घरेलु हतियार बरामद गरेको हो। जलेश्वरस्थित लचकामा सवारी जाँचको क्रममा उक्त सामग्रीको भन्सार तिरेको प्रमाण देखाउन नसकेपछि सशस्त्र प्रहरीले सामग्री नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल, जलेश्वरका इन्चार्ज प्रहरी निरीक्षक अम्मरराज बरामुले बताए।

जनकपुर लाँदै गरिएको अवस्थामा १ लाख १५ हजार भन्दा बढीका घरेलु हतियारहरु नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। उता प्रहरी कदमको विरोधमा बुधबार बिहानै सप्तरीको खडक नगरपालिकामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। बिनाकारण प्रहरीले स्थानीयवासीलाई कुटपिट गरेको भन्दै कल्याणपुर चोकमा सडक अवरुद्ध गरिएको हो।सवारी जाँचका नाममा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको र घरमा राखेका सवारीसाधन पनि नियन्त्रणमा लिएपछि विरोध गरिएको स्थानीले बताएका छन्। स्थानीयको अवरोधका कारण बिहान ८ बजेदेखि करीब १ घन्टा राजमार्ग अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!