तनहुँको दमौलीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत

तनहुँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तनहुँको दमौलीमा भव्य स्वागत गरिएको छ। बुधबार पोखराबाट काठमाडौं फर्कनेक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाका नेता–कार्यकर्ताले दमौलीमा स्वागत गरेका हुन्। सयौंको संख्यामा उपस्थित समर्थकहरुले फूलमालाले स्वागत गर्नुका साथै उनको पक्षमा नाराबाजी गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई दमौलीमा भव्य स्वागत

केही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा, नेपालगञ्ज लगाएत पश्चिमान्चलका विभिन्न जिल्लाको भ्रमणमा थिए। यसअघि पुस १३ गते पूर्व राजा ज्ञानेन्द्र शाहले निर्बाचन पछिको माहोल तथा जनाबिचार बुझ्न देश भ्रमण गर्न लागेको बताएका थिए।

केही समय पोखरामा बसेका पूर्व राजा शाह आज काठमाडौँ फर्किएका हुन्। यसपछि शाह पूर्वाञ्जलका विभिन्न जिल्लाको भ्रमणमा जाने उनी निकट स्रोतले जनाएको छ। डिसी नेपाल बाट 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!