किन नम्रता चुपचाप छिन?

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको जोडी पर्दामा खुबै सुहायो । निर्देशक दिनेश राउतको फिल्ममा यी दुई कलाकारलाई दर्शकले हेर्न पाए । तर, फिल्म ‘टकिला सनराइज’ बनाउने तयारी गर्दै गर्दा आर्यन र दिनेशमा नम्रतालाई नै लिएर केही विवाद भएको खबर मिडियामा नै सार्वजनिक भयो । दिनेश नम्रता नै फिल्मकी अभिनेत्री हुनुपर्छ भन्ने पक्षमा थिए भने आर्यन नयाँ अभिनेत्री राख्ने मुडमा थिए । अन्ततः यो फिल्म बनेन । दिनेश र आर्यन छुट्टा छुट्ट फिल्म बनाउँदैछन् ।

 

Image result for namrata shrestha

 

आर्यन र दिनेशले आफ्नै तरिकाले फिल्म बनाइराख्दा नम्रता भने चुपचाप छिन् । आफै फिल्म निर्माण गरेर असफल भएकी नम्रताको हातमा नयाँ फिल्म परेको छैन । उनले नयाँ फिल्म साइन गरेको खबर मिडियामा आएको छैन ।

नम्रता आफै पनि मिडियामा खासै आउन चाहने अभिनेत्री होइनन् । दिनेश ‘भैरवी’को तयारीमा छन् भने आर्यन ‘कायरा’को तयारीमा छन् । तर, दुबैले नम्रतालाई संझने कोशिश भने गरेनन् । अब, के नम्रता नयाँ क्याम्पबाट उदाउने तयारीमा हुन् त ?

/Mazzako Tv

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!