” छक्का पन्जा २” को नकरात्मक टिप्पणी गर्ने ऋचा शर्मालाई ” छक्का पन्जा २” टिमको कडा जवाफ

काठमाण्डौ – दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा”ले नेपाली चलचित्रको इतिहास नै रचेको छ । अहिले सम्मको सबैभन्दा बडी कमाइ गर्ने चलचित्र साबित भएको थियो । त्यस पछि दीपाश्री निरौलाले चलचित्र “छक्का पञ्जा २” निर्देशन गरे जुन चलचित्र अहिले पनि हलहरुमा प्रदशन भइरहेको छ । “छक्का पञ्जा २”को नाम नै तोकेर अभिनेत्री ऋचा शर्माले भने ‘छक्का पञ्जा २’ हेरेर ताली बजाउने दर्शकहरु मुर्ख हुन्ः

निरौला निर्देशित चलचित्र ” छक्का पन्जा २” प्रदर्शनरत छ । झण्डै ७५ दिन पुरा हुन लागेको चलचित्रको बिषयमा अभिनेत्री ऋचा शर्माले नकरात्मक टिप्पणी गरेकी छन् । अभिनेत्री शर्माले भर्खरै राजधानीमा सम्पन्न एक गोष्ठीमा बोल्दै ‘छक्का पन्जा २’का महिला निर्देशकले महिलाहरुकै अपनामको कथा माथी निर्माण गरेको चलचित्र भएको भन्ने घुमाउँरो पाराले बताईन ।

तर यता दर्शकहरुले चलचित्रलाई उल्लेख्य साथ दिएका छन् । चलचित्र “छक्का पन्जा” को दास्रो सिक्वेल चलचित्र “छक्का पन्जा २”हो । दुवै सफल चलचित्र साबित भएका छ । तर यता सिनेमा हलमा पुगेर “छक्का पन्जा” चलचित्र हेरेर ताली बजाउँने मानिसहरु चाँही मूर्ख हुन, भनेर अभिनेत्री शर्माले बताईएकी छन् ।

 

 

चलचित्रको बिषयमा अभिनेत्री ऋचा शर्माले नकरात्मक टिप्पणी गरेको देखि सकेपछि दीपाश्री निरौलाले फेसबुकमा यस्तो स्टाटस राखेकी छिन् हेर्नुहोस् : अभिनेत्री ऋचा शर्मालाई लक्षित गर्दै ‘गेट वेल सुन’ लेखेकी छिन । दीपा: तपाइले दर्शकको मजाक उडाउनु भयो त्यसैले तपाइको दर्शकले कहिले फिल्म पाएनन् ।’

दीपाको स्टाटस यस्तो छ

दिपकराज गिरीको स्टाटस यस्तो छ 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!