कालिकाेटकाे माल्काेटकाे सेरपाटा मतदान केन्द्रमा अहिलेसम्म शून्य मत रहेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टीकाे प्रभाव क्षेत्र मानिएकाे मालकोटको सेरापाटा मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारण नअाएपछि प्रहरी गाउँमा पसेर मतदान गर्न जान भन्दै धम्की दिइरहेको बताइएको छ ।
नेपाली सेनाले हवाइ गस्ती गरिरहेको छ । प्रहरले २ जना स्थानीय युवाहरुलाई गिरफ्तार गरेको छ । मतदान नगर्ने संविधान दिएको अधिकार हनन् गर्दै सुरक्षाकर्मीले जबरजस्त मतदान गर्न बाध्य बनाउँदै छन् ।
गत स्थानीय चुनावमा यही ठाउँमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्