कालिकोटमा बम विस्फोट, मुम्रामा शून्य मतदान र ठाउँ ठाउँमा झडप

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका अघिल्लो दिन र मतदानको दिनसम्म कालिकाेटका विभिन्न २६ स्थानमा नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन मतदान केन्द्रमा आक्रमण गरेको छ ।

जिल्लाकाे शान्नी त्रिवेणी गाउँपालिकाको ठिगेल्नीदेवी निमावि किउरीमा आक्रमण हुँदा मतदान केन्द्र कव्जा भएको छ । सो समयमा प्रहरी निरीक्षक गिरिराजमणि भण्डारी र प्रहरी जवान रामबहादुर चौधरी घाईते भएका छन् भने नेकपाका तर्फ महेन्द्र शाही र टन विक घाईते भएको बताइएको छ । घाईते टन विकको घाँटीमा गोली लागेको छ भने महेन्द्र शाहीको सामान्य चोटपटक लागेको छ ।

आज बिहानदेखि मतदान केन्द्रमा बम प्रहारदेखि दोहोरो झडप भइरहेको छ । मतदान केन्द्रहरूमा अहिलेसम्म कोही मतदान गर्न गएका छैन । अहिले शून्य मतदान भएको छ । मेहलमुडी,मुम्रा, सिपखाना, फुकोट, नानिकोट लगाएतका क्षेत्रमा स्थानीयद्धारा प्रतिरोधका कार्यक्रम जारी रहेको बताइएको छ ।

जिल्ला इन्चार्ज समरका अनुसार अहिले सिपखानामा मतदान केन्द्रमा बहिस्कारको कार्यक्रम अघि बढेको छ । नानीकोटको सरस्वति मावि भिटामा बम प्रहार हुँदा मतदान गर्न ढिलो भईरहेको छ भने प्रहरीले गाउँमा पसेर जवरजस्त मतदान केन्द्रमा मतदातालाई लिदै गरेको बताइएको छ ।

निर्वाचनका समयमा अवरोध भएको बहानामा पलाता गाउँपालिकाको जाँफे मतदान केन्द्रमा जनताले ढुंगामुडा प्रहार गरेका थिए भने माल्कोटमा स्थानीय महिलाहरुले आफ्ना छोरा छोरीलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेका थिए । घर्ताको छातिमा पनि मतदान केन्द्रतर्फ जाँदै गरेको अवस्थामा स्थानीयले ढंगामुडा प्रहार गर्दा एकदिन पछि मात्र मतदान केन्द्रमा टोली पुगेको थियो ।

नेकपाले कालिकोटमा यसअघि नरहरिनाथ गाउँपालिकाको माल्कोटमा स्थानिय निर्वाचनमा जनताले गरेको बहिस्कार ईतिहांस रचेको थियो भने यस निर्वाचनमा मुम्राको किउरीमा इतिहास रच्न सकेकोमा नेकपाले मुम्रावासी तथा सिंगो कालीकोटबासीलाई धन्यावद दिएको छ । अहिले रुप्सा,माल्कोटको उच्छव तथा कुमालगाउँमा जनप्रतिरोधका कामहरु भइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!