मोटरसाइकलमा सवार युवकको झोला खोलेर हेर्दा…

काठमाडौँ । मोटरसाइकलमा सवार एक युवकको झोला चेकजाँच गर्दा प्रहरीले युवकको साथबाट स्रोत नखुलेको २६ लाख १५ हजार रुपैयाँ बरामत गरेको छ।

काठमाडौं महानगरपालिका-२९ गल्कोपाखाबाट प्रहरीले बा.८० प ५०३८ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं रानीबारी बस्ने २३ वर्षीय राजकुमार श्रेष्ठलाई नगद सहित पक्राउ गरेको हो। उनी नुवाकोटको भद्रटार-२ का स्थानीय हुन्। पछिल्लो समय उनी काठमाडौंको रानीबारी बस्दै आएका थिए।

महानगरीय प्रहरी बृत्त लैनचौरले चेकजाँचका क्रममा उनको साथबाट नगद बरामत गरेको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!