दुई लाख तिरे आजीवन रक्सी पिउन पाउने

रक्सी पारखीहरूको मनोभाव बुझ्दै चिनियाँ कम्पनीले हालै आफ्ना ग्राहकलाई आजीवन  रक्सी उपलब्ध गराउने घोषणा गरेको छ, त्यो पनि करीब २ लाख रुपैयाँमा । हो, चीनको नोभेम्बर ११ मा सपिङ उत्सव सिंगल्स डे को मौका पारेर यो अफर जारी गरिएको हो ।
यो अफर अलीबाबा कम्पनीको टिमोल प्लाटफर्ममा उपलब्ध हुनेछ । यो अफरमा केही शर्त भने राखिएको छ । केवल ९९ भाग्यमानी ग्राहकले मात्र यो अफर पाउनेछन् ।

वास्तवमा यी भाग्यमानीहरूलाई बिजेता ग्राहकको सर्टीफिकेट पनि दिइनेछ । उनीहरूलाई महिनामा एक कार्टुन अर्थात १२ बोत्तल रक्सी  उपलब्ध गराइनेछ । यदि कम्पनीले आगामी ३० बर्षसम्म रक्सी उपलब्ध गराउन सक्षम भएन भने कम्पनीले ग्राहकलाई पुरै पैसा फिर्ता गर्नुपर्नेछ ।

यसको अलावा यदि ग्राहकले अलीबाबाको डिस्काउन्ट कुपनको प्रयोग गरेर २ लाखभन्दा कम रकमको अफरको लाभ पनि उठाउन सक्छन् । अझ कम्पनीको अर्काे अफर के छ भने यदि पाँचबर्षभित्र ती कुनै ग्राहकको मृत्यु भएमा उसको परिवारलाई आजीवन रक्सी उपलब्ध गराइनेछ । यस्तो  अफरका बारेमा  सामाजिक सञ्जालमा एकदमै धेरै चर्चा पनि चलेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!