काठमाडौं बुढानिलकण्ठस्थित चर्चमा युवतीको बलात्कार

काठमाडाैं, ११ मंसिर ।

गुम्बामा कथित रिम्पाछेकाे बलात्कारकाे घटना सेलाउन नपाउदै काठमाडाैंकाे एउटा चर्चमा भएकाे बलात्कारकाे घटना बाहिर अाएकाे छ । प्रहरीले शनिबार प्रार्थनाका लागि चर्चमा गएकी एक युवतीको बलात्कार गरेको आरोपमा एकजना युवालाई पक्रेको छ ।

प्रहरीका अनुसार घटना बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित रहेको एउटा चर्चमा भएको हो । बुढानिलकण्ठ पासीकोट बस्ने एकजना १६ बर्षे युवती चर्चमा जाने क्रममा लछारपछार गर्दै शौचालयमा लगेर बलात्कार भएको हो । प्रहरी प्रधान कार्यालयकाे समाचार बुलेटिनमा भनिएकाे छ ‘चर्चको ट्वाइलेटमा हातपात तथा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाइ पक्राउ गरेकाे छ।’

महानगरीय प्रहरी प्रमुख एअाइजी जयबहादुर चन्दले घटना भएकाे बताउदै साे बिषय सम्बेदनशील रहेकाले प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताए । उनले भने ‘ घटना भएकाे हाे, बिस्तृत विवरण अनुसन्धानपछि अाउनेछ,।’
गोरखाकी ति युवतीलाई शनिबार सोही चर्चको शौचालयमा लगेर हातपात तथा करणी गरेको अाराेपमा नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परिक्षण बिकलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!