राई प्रतिको मोह

अगस्ट, २०१७ मा ‘साझा पेज’ अनलाइनमा “राई” पृिथ्वनारायण शाहले दिएको पद हो या जाति नै हो त ? जान्नुहोस्’ शीर्षकमा खुक्सङ खम्बु सरको लेख छापिएको थियो । खुक्सङ खम्बु सरले लेख लेख्ने क्रममा के कति कारणल राई जात नै हो ? भनेर कही कतै भरपर्दो तथ्य र तथ्यांक प्रस्तुत गरेको देखिएन । प्रमाणित गर्ने प्रयास गरेको देखिएन । बरु विगतमा राई भन्नाले कुनै जात वा जाति नजनाउने भएकोले राई हटाएर आफ्नो असली जातीय स्वपहिचान अर्थात कुलुङ, बाहिङ, थुलुङ, लोहोरुङ, साम्पाङ आठपहरिया भएर पहिचान दिन चाहनेहरुको आन्दोलनलाई तुहाउन सकिन्छ कि ? भन्ने हिसावले राईवादीहरुकै चोचोमा मोचो मिलाएर अनेक तर्क बितर्क गर्न खोजिएको र, राई विगतमा जात वा जाति नभएर पदवी वा पगरी मात्रै भएकोले अबदेखि राई हटाएर/छोडेर अलग्गै जातिका रुपमा आउन चाहेका कुलुङलगायतका किरातीहरुलाई जसरी हुन्छ, सकेसम्म राई नै बनाउन पाए हुन्थ्यो ! भन्ने आशय रहेको जस्तो देखिन्छ । हुन त लेखक खुक्सङ खम्बु सर स्वयम्ले लेखमा ‘बरु हाम्रो अध्ययनको दायरा अझ फराकिलो र तथ्यपरक पो बनाउने हो कि ?’ भन्नु भएको छ । तर, लेखक खुक्सङ खम्बु सर स्वयमले आफ्नो लेखलाई अझ फराकिलो र तथ्यपरक बनाउनुभन्दा पनि कूतर्क गर्नु भएको जस्तो देखिन्छ । किनभने, यदि खुक्सङ खम्बु सरकै तर्क वा भनाइलाई आधार मानेर अध्ययनको दायरा फराकिलो पारेर/बढाएर भन्ने हो भने सुरुमा ‘राय’ भन्नाले कर्णाली प्रदेशमा राजा भन्ने जनाउँथ्यो । त्यही रायको अपभ्रंश नै राई हो । फेरि त्यो बेला राई भन्नाले कुनै जात वा जाति जनाउँथेन । यसरी हेर्दा नेपाल एकीकरणपछि पूर्वका किरातीहरुलाई तिमीहरु राजा नभए तापनि राजा सरह हौ है ! भन्ने अर्थमा राय/राई पदवी दिइएको हो ।

खुक्सङ खम्बु सरकै तर्क वा भनाइलाई आधार मानेर अध्ययनको दायरा फराकिलो पारेर÷बढाएर भन्ने हो भने सुरुमा ‘राय’ भन्नाले कर्णाली प्रदेशमा राजा त्यही राय बाट नै राई भएको हो भनेर र, राई किन र कसरी जात वा जाति होइन भनेर नेपालका जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक किताबमा, राजेश गौतम र के थापामगरले ट्राइबल एथ्नोग्राफी नामक किताबमा, कुमार प्रधानले द गोर्खा कन्क्वेष्ट नामक किताबमा, शिवकुमार श्रेष्ठले लिम्बुवानको ऐतिहासिक अध्ययन नामक किताबमा, डोरबहादुर विष्टले सबै जातको फूलबारी नामक किताबमा, सीएम खम्बुले राई को हुन् ? नामक किताबमा, भुपध्वोज थोमरोसले कुलुङ साँस्कृतिक अध्ययन नामक किताबमा, सिक्किमका खिलमान वादिरीले सुक्तुम नामक पत्रिकाको वर्ष ७, अंक २ मा अन्तर्वार्ता दिएर, इमानसिंह चेमजोङले विजयपुरको संक्षिप्त इतिहास नामक किताबमा, डिल्लीराम दाहालले राजधानी दैनिकमा साउन २५, २०६२ मा लेखेको लेखमा, जय शिवाहाङले जन नायक सहिद रामप्रसाद राई नामक किताबमा, स्वर्गीय स्वामी प्रपन्नाचार्य उर्फ काले राईले प्राचीन किराँत इतिहास नामक किताबमा, हर्कराज चोङबाङले मंगोल किरातहरुको उत्पत्ती नामक किताबमा, नगेन्द्र शर्माले नेपाली जनजीवन नामक किताबमा विभिन्न व्याख्या, तथ्य, तर्क र प्रमाणसिहत लेखेका छन् भने, ‘वृहद नेपाली शब्दकोश’ पृष्ठ–१०२१ र पृष्ठ १०६६ मा राई के हो ? भन्नेबारेमा अथ्र्याइएको छ । त्यस्तै, यो पंक्तिकारले पनि विगत लामो समयदेखि (प्रकाश राई “दीनदुःखी”को नाममा लेख्दादेखि) हालसम्म पनि विभिन्न तथ्य, प्रमाण र त्यो बेला राई भएका असली राई र ती राईका जेठो छोरोहरुको भनाइ र अनुभवसहित लेख्दै आएको हो । त्यसैगरी माबोहाङ, टंकबहादुर राई, रघु मैनाली, डा. रमेश (डा. ढुंगेल रमेश ढुंगेलले त हिमाल खबरपत्रिकाको कुनै अंकमा संखुवासभा जिल्लामा कुमाल पनि राई भएको लेखेका छन्) लगायतले पनि राई, सुब्बा, मुखिया, देवान भनेको जात नभएर पद मात्रै हो भनी प्रसस्तै लेखेका छन् ।

अनि २०६८ को राष्ट्रिय जनगणनामा कुलुङलगायत विगतमा राई भनी चिनिएका १२ वटा जातिहरु अलग्गै जातिका रुपमा तथ्यांकमा आइसकेका पनि छन् । जे होस् अब फेरि पनि लेखक खुक्सङ खम्बु सर स्वयम्ले आफ्नो लेखमा भनेको ‘बरु हाम्रो अध्ययनको दायरा अझ फराकिलो र तथ्यपरक पो बनाउने हो कि ?’ भन्नु भएको प्रसंगलाई जोड दिँदै यहाँ राई के हो ? भन्ने बारेमा विदेशी लेखकहरुले लेखेको किताब र तिनका नाम पनि प्रस्तुत गर्ने जमर्को गरिएको । छ । जस्तै चाल्र्स म्याक्डग्लसले द कुलुङे राई नामक किताबमा, एडिन भ्यान्सिटार्टले गोर्खाज नामक किताबमा, जीए ग्रियर्सनले लिग्विस्टिक सर्वे अफ इन्डिया नामक किताबमा, ब्रायन हड्सनले किरात याक्थुम भन्ने लिम्बुहरुको मुन्धुमको ठेलीमा, मार्टिन गाएन्ंजेलले ओर्जिन एन्ड माइग्रेसन्स्ः किनसिप, माइथोलोजी एन्ड एथ्निक आइडेन्टिी एमोङ मेवाहाङ राई अफ इस्ट नेपाल नामक किताबमा, एसआई हान्जेनले द राइज अफ एथ्निक पोलिटिक्स इन नेपालः डेमोक्रेसी इन द मार्जिन्स् नामक किताबमा राई के हो ? भन्नेबारेमा विस्तृतमा लेखेका छन् । त्यस्तै हिस्ट्री एन्ड कल्चर अफ किरात पिपुल लगायतका किताबहरुमा पनि राई के हो त ? भन्नेबारेमा लेखिएको छ । अतः लेखक खुक्सङ खम्बु सर स्वयमले फेरि पनि यी किताबहरु पढीसकेपछि वास्तवमा राई हो त ? भन्नेबारेमा लेख्दा यस्ता कूतर्क/गुइये तर्क गर्नु हुन्न होला भन्ने आशा गर्न सकिन्छ । किनभने, लेखक खुक्सङ खम्बु सर स्वयम्ले नै आफ्नो लेखमा ‘बरु हाम्रो अध्ययनको दायरा अझ फराकिलो र तथ्यपरक पो बनाउने हो कि ? भन्नु भएको जो छ । यसरी हेर्दा हाल आएर जसले जे भने पनि खासमा गोरखाका तत्कालीन शाह राजा पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरण सुरु गरेपछि (पश्चिमतिर केही भूभाग बाँकी छँदै पृथ्वीनारणयण बिते) त्यो बेला एकै रहेको किराती भूमिलाई तीनभागमा विभाजन गरेर (जस्तो वल्लो किरात, माझ किरात र पल्लो किरात) वल्लो किरातका सुनुवारलाई मुखिया, माझ किरातका कुलुङ, साम्पाङ, बान्तावा आदिलाई राई अनि पल्लो किरातका लिम्बु र रोङ (लाप्चा) लाई सुब्बा, याक्खालाई देवान, पल्लो किरातकै संखुवासभाको पश्चिमी भेगका लोहोरुङ, मेवाहाङ, याम्फु र लिम्बु (जस्तो संखुवासभा जिल्लाको साविक सभापोखरी गाविसको बाह्रविशेका फागो वनेम थरका) हरुले पनि १८३१ मा राई पद पाएका थिए/राई भएका थिए । स्मरणीण छ, बाह्रविशे गाउँका ती राईहरु २०६६ मा फेरि पुनः लिम्बु नै भएका थिए । फेरि यदि राई जातै हुन्थ्यो भने त्यो बेला (२०२१ सालमा आएको भूमिसुधार ऐन लागू हुनुअघि) किन असली राईहरुले अरु (रैती) लाई राई लेख्न दिँदैन थिए ? किन किराती बाहेकका जातजाति पनि राई भए ? जस्तै सोलुखुम्बु जिल्लाको सोताङमा शिवबहादुर बस्नेत, कृष्णबहादुर बस्नेत, छत्रध्वोज बस्नेत, ओखलढुंगा जिल्लाको रातमाटेमा तेजप्रसाद कोइराला र टेकमानध्वोज कार्की, संखुवासभाका दूर्गामणि देवान, बेलायतका बाली राई, भारतीय सिने उद्योगकी चल्तापूर्जा कलाकार ऐश्वर्य राई, जिम्बाबेका प्रधानमन्त्री मोर्गान सुभांगी राई, मंगोलियाका पूर्व प्रधानमन्त्री पुन्तासिन जस राई, २०६४ को पहिलो संविधानसभामा बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका मोहम्मद इस्तियाक राईहरु कसरी र किन राई भए ? ती राईहरु पनि राई जात हो भन्ने सरहरु र यायोक्खाका हर्ताकर्ता लगायत राई एक जाति २८ भाषी भन्नेहरुको सगोत्री अर्थात् वंश हुन् ? फेरि ऊ बेला कुनै रैतीले आफ्नो नामको पछाडि राई लेखेमा असली राईहरुले किन नपाएको राई तँ रैतीले लेखिस् ? भनेर ठिँगुरोमा हाल्थे ? त्यतिले मात्रै नपुगेर आर्थिक जरिवाना लगायतका कारबाही गर्थे ? यसबारेमा पनि लेखक खुक्सङ खम्बु सरले प्रस्ट्याउनु होला । किनभने, लेखक खुक्सङ खम्बु सर स्वयम्ले नै आफ्नो लेखमा ‘बरु हाम्रो अध्ययनको दायरा अझ फराकिलो र तथ्यपरक पो बनाउने हो कि ? भन्नु भएको जो छ ।

लेखक खुक्सङ खम्बु सर स्वयम्ले नै आफ्नो लेखमा ‘बरु हाम्रो अध्ययनको दायरा अझ फराकिलो र तथ्यपरक पो बनाउने हो कि ? भन्नु भएकोले यहाँ त्यो बेला (२०२१ मा आएको भूमि सुधार ऐन २०२८/०२९ देखि गाउँगाउँमा लागू भएर २०५१/०५३ पूर्ण रुपमा लागू भइन्जेलसम्म) ५२ पगरीको ठूलो राई देखि अमाली राई (कानुन हेर्ने), अरु राई भएका राईहरुका जेठो छोरोहरुको केही नाम सूची दिएको छु । यसबारेमा हजुरले वास्तविकता के हो ? बुझ्नु होला । १, संखुवासभा जिल्लाको साविक पाङमा गाविसका भवानीप्रसाद लोहोरुङ, जो ५२ पगरीका ठूला ‘राई’ गंगाप्रसादका जेठो छोरो हुन् । २, संखुवासभा जिल्लाकै साविक धुपु गाविसका अमाली ‘राई’ जुद्धबहादुरका जेठो छोरो डम्बर लोहोरुङ जो सँग आफ्ना ‘राई’ अमाली बाबुले गरेका विभिन्न व्यवहारहरुको अनुभव पनि छ । जस्तो ‘राई’ जुद्धबहादुरको अमालमा परेको मुद्धा चैनपुरको सरकारी अदालतमा पनि परेपछि चैनपुरको अदालतका न्यायाधीशले ‘राई’ जुद्धबहादुरकहाँ परेको मुद्धाको फाइल (कानुनी भाषामा मिसिल भनिन्छ क्यारे !) मगाउन श्रेस्तेदार पठाएछन् । त्यपछि ‘राई’ जुद्धबहादुले आफूलाई सरकारले दिएको र मृगको छालाले मोडेको कानुनी किताब (निर्देशिका) हेरेछन् । उक्त किताबमा कतै पनि आफूमा परेको मुद्धाको मिसिल अन्त पठाउने/पठाउन सकिने भन्ने व्यहोरा रहेन छ । अतः ‘राई’ जुद्धबहादुरले मिसिल लिन आएको श्रेस्तादारलाई सरकारले आफूलाई दिएको कानुुनी अधिकार( किताब) मा कतै पनि नलेखिएकोले आफूले श्रेस्तेदारको हातमा पठाउन नसक्ने तर, न्यायाधीशले हेर्नेपर्ने भए न्यायाधीश आफै आएर हेर्न सक्ने आशयको चिठी लेखेर पठाएछन् । वास्तवमा त्यसपछि नै हो, कुनै पनि राई, सुब्बा, मुखिया, देवान, चौधराई आदि (जसलाई स्थानीयस्तरमा जिम्मावाल जिमुवाल पनि भनिन्थ्यो) ले त्यस्ता कागजपत्रहरु सरकार वा सरकारी अड्डा/अदालतले माग गरेको बेला नदिएमा रु. १० भन्दा माथि जरिवाना गर्ने व्यवस्था गरियो । यसका पुष्टिका लागि कानुन सम्बन्धी कुनै एक किताब हेर्दा हुन्छ । ३, त्यस्तै भोजपुरका ठूला ‘राई’ परशुराम उनले ५२ झ्याले घर बनाउँदा केन्द्रमा उजुरी परेको थियो । तर, उजुर गर्नेले केन्द्र (काठमाण्डौ) मा आएर फर्कँदा एउटा झ्याल टालेर कमेरो बाटोले लिपपोत गरेर चिटिक–चाटाक पारेर राखेछन् । सरकारको आठपहरिया आएर झ्याल गन्दा जतिपटक गने पनि ५२ पुगेन छ ! उनका सन्तानहरु हाल काठमाण्डौमै मुकारुङ खलकको रुपमा चिनिन्छन् । उनीहरुले पनि विगतमा ‘राई’ भन्नाले के जनाउँथ्यो भनेर भन्न सक्छन् । ४, अनि डाक्टर शिवकुमार राई पनि भोजपुरकै राई हुन् । उनले सन् २००७ मा आदिवासी दिवसको अवसरमा मल्ल होटलमा भएको कार्यक्रमको लन्च ब्रेकमा यो पंक्तिकारलाई भनेका थिए, –‘भाइ, तपाईँले साह्रै राम्रो प्रश्न उठाउनु भयो । वास्तवमा मेरो बाबु पनि ठूलो ‘राई’ हो ।

हाम्रो घरमा आउने झैझगडाको मिलापत्र, जग्गापास आदिको कागज म नै लेख्थेँ । त्यसवापत चार आना, आठ आना र एक रुपैयासम्म लिन्थेँ । सुरुमा रैती (हालको भाषामा जनता) ले ‘राई’ लेख्न पाउँदैन थिए । तर, २०२१ मा आएको भूमि सुधार ऐन हाम्रोतिर पनि लागू भएपछि रैतीहरुको नामको पछाडि के लेख्ने ? भनेर ठूलो विवाद भयो । हाम्रो बाबुले म पो ‘राई’ हुँ त ! यी मेरा रैतीहरु कसरी ‘राई’ हुन्छ ? म कुनै हालतमा पनि यिनीहरुलाई ‘राई’ लेख्न दिन्न भनी अड्डी कसे । तर, विचरा ती ठूला राईलाई भूमि सुधार ऐन आएसँगै आफ्नो खाइपाइ आएको ‘राई’ पनि स्वाहा हुँदैछ भन्ने पत्तै पाएनन् ! डाक्टर शिव राईका अनुसार ६/७ दिनसम्म पञ्च–भलादमीहरुको बैठक बसेपछि आफ्ना असली ‘राई’ बाबुले रैतीहरुको नामको पछाडि ‘राई’ लेख्न दिएका थिए । त्यस्तै पछि गएर यो राई पदवी वा भनौं राई पगरी अरु जात वा जातिका मान्छेले पनि किनेर पाउन थाले । फलतः २०३३/०३४ तिर सोलुखुम्बुको सोताङ (पहिले पहिले कुलुङ भाषामा सत्तो भनिन्थ्यो) शिबबहादुर बस्नेत, दीपबहादुर बस्नेत र छत्रध्वोज बस्नेतले पनि राई पद पाएका थिए । उता ओखलढुंगा जिल्लाको रातमाटे गाउँका टेकमानध्वज कार्की र तेजप्रसाद कोइरालाले पनि राई पद पाएका थिए । यदि राई जात वा जाति नै हो भने कोइराला बाहुन, बस्नेत क्षेत्री र कार्की छेत्रीहरु कसरी राई भए ? र, हाल उनीहरुका सन्तान दरसन्तानले किन राई लेख्दैनन् ? यसबारेमा पनि लेखक खुक्सङ खम्बुकै शब्द सापट लिएर भन्नुपर्दा ‘अध्ययनको दायरा फराकिलो पार्दै जाने’ र वास्तवमा ‘राई’ के हो ? भन्ने बारेमा आफू पनि प्रस्ट हुँदै र अरुलाई पनि प्रस्ट्याउँदै जाने हो कि ? त्यस्तै लेखक खुक्सङ खम्बु सरलाई यो बबुरो पंक्तिकारको के पनि प्रश्न छ भने, यदि एक जाति राई, २८ भाषी राई !’ हुन्छ नै भने कोको राई वा राईनीहरुले त्यसरी २८ वटा राई भाषामा खररर … बोल्न सक्छन्, उनीहरु कहाँकहाँ छन् ? त्यो बारेमा उनीहरुको भनाइ र प्रमाणसहित आगामी दिनमा लेख्नु होला । अनि राई एकै हो भने किन लोहोरुङ र याम्फुले चुलो पुज्दैनन् ? त्यसबारेमा पनि खोज–अनुसन्धान गरेर लेख्नु होला । अझ सकिन्छ भने, यो बारेमा खोज पत्रकारिता (खोप) गरेर समाचार, आलेख, लेख लेखेर प्रकाशित गरेमा पनि सुनमा सुगन्ध नै हुनेछ । किनभने, यो वास्तवमै इतिहासमा दर्ज हुने कुरो हो । हाम्रा भावी पुस्ताले पनि वास्तवमा राई विगतमा के थियो/हो ? भन्नेबारेमा जान्न पाउने ऐतिहासिक अवसर पनि भएकोले यसबारेमा खुक्सङ खम्बु सर स्वयम्ले नै आप्mनो लेखमा ‘बरु हाम्रो अध्ययनको दायरा अझ फराकिलो र तथ्यपरक पो बनाउने हो कि ? भन्नु भएझैं हामीले कसैसँग ‘अनुराग र द्धैष’ नराखीकन वास्तवमै ‘राय/राई’ के हो ? कहिलेदेखि नामको पछाडि राई लेख्न थालियो ? किन सुरुमा निश्चित व्यक्ति (असली राई) बाहेकले राई लेख्दा कारबाही हुन्थ्यो ? पातपातमा मात्रै नकेलाएर जरा–जरा सम्म पुगेर केलाएर, बहस र छलफल गर्नुपर्ने देखिन्छ, वास्तवमा ‘राई’ के हो ? भन्ने सम्बन्धमा ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!