फिल्म ‘यात्रा’ पोस्टरमा सलिनमान र मल्लिकाको जोडी

फिल्म यात्रा को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा नायक सलिमान बनियाँ र नायिका मल्लिका महतको जोडी आकर्षक देखिएको छ ।

सार्वजनिक दुई पोस्टरमा सलिन र मल्लिका र अर्को एक पोस्टरमा अन्य कलाकारहरु पनि छन् । यात्रा को पोस्टर टौवा क्रियशनले तयार गरेको हो । यात्रा अ म्युजिकल भ्लग मा सलिनमान भ्लगरको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा सलिन र मल्लिकासँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । फिल्ममा संजय लामाको छयांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!