काँग्रेस र एमालेको झडपका कारण नवलपुरको मध्यविन्दु दिनभर तनावग्रष्त (भिडियोसहित)

ज्ञानु पंगेनी,

नवलपरासी, मंसिर १३–

नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको मधयविन्दु नगरपालिकामा मंगलबारराती नेपाली काँग्रेस र नेकपा एमालेका युवाहरु बीच झडप भएपछि आज नगरपालिकामा नै तनाब उत्पन्न भएको छ ।

मध्यविन्दु नगरपालिका–६ बरूवामा भएको झडपमा परी दुवैतर्फका गरि ६ जना घाईते भएका छन् । आक्रमणमा परी नेपाली काँग्रेस मध्यविन्दु नगर सभापति दोमन भण्डारी, नुमाकान्त भण्डारी, अरूण भण्डारी र नेकपा एमाले मध्यविन्दु नगर कमिटी अध्यक्ष दुर्गा भुर्तेल, घनश्याम पौडेल, विजय भुर्तेल घाईते भएका छन् । दुवै पार्टीले एकले अर्काेलाई पहिले आक्रमण गरेको आरोप लगाएका छन् । सोहि विषयलाई लिएर बुधबार दिनभर चोरमारा क्षेत्र तनाबग्रस्त बन्यो ।

नेकपा एमालेले काँग्रेस कार्यकर्ताले आफ्ना कार्यकर्तामाथी पहिले आक्रमण गरेको आरोप लगाएको छ । घटनाकोविरुद्धमा बुधबार दिउँसो चोरमारामा नेकपा एमालेले बिरोध सभाको आयोजना गरेको थियो । बिरोध सभामा काँग्रेसका युवाहरुले आक्रमण गर्ने मनसायले समूह बनाएर आएको एमालेका कार्यकर्ताको आरोप छ । विरोध सभा भईरहेको समयमा काँग्रेसका कार्यकर्ताले जिस्काउने, निउखोज्ने कार्य गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो तर तुरुन्तै सुरक्षाकर्मीको ठूलो दस्ता तैनाथ गरिएपछि भिड तितरवितर भएको थियो ।

बजार क्षेत्र तनाबग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालय नवलपुरले सुरक्षालाई मध्यनजर गर्दै चोरमारा बजार क्षेत्रमा मात्रै करिब अढाई सयको हाराहारीमा म्यादी र नेपाल प्रहरी तथा शशस्त्र प्रहरी तैनाथ गरेको प्रहरी प्रमुख दिपेन्द्र जिशीले बताए । झडप भएको स्थान तथा नगरभित्रका विभिन्न ठाउँहरुमा पनि बाक्ला रुपमा प्रहरी तैनाथ गरिएको पनि जिशीले जानकारी दिए । रातीको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सोहि अनुसार ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको उनले बताए ।

स्थानीयबासी त्रासित

भmडपको घटनालाई लिएर मध्यविन्दु नगरपालिकाका बासिन्दामा अहिले त्रास छाएको छ । चुनाब नजिकिएको समयमा भएको यस घटनाले ठूलो रुप लिने होकि भन्ने चिन्ता स्थानीयमा बढेको छ ।

मध्यविन्दु नगरपालिकाका एक जना स्थानीय श्याम क्षेत्रीले झडपको घटनाले गर्दा गाउँ नै त्रसित बनेको बताए । ‘चुनावको मुखमा यस्तो नराम्रो घट्ना भयो, हामी सबै त्रासमा छौं । फेरी केहिहुने होकि भन्ने चिन्ता परेको छ । दुवै पक्षका अग्रजहरुबसेर यस विवादलाई समाधान गर्न आवश्यक छ”–क्षेत्रीले भने ।

बाहिरका युवा पैसा दिएर ल्याएको आरोप

नेपाली काँग्रेसका उम्मेद्वारले बाहिरबाट युवाहरु बेलाएर राखेको एमालेका कार्यकर्ताले आरोप लगाएका छन् । एमालेका एक जना कार्यकर्ता अर्जुन खनालले नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेद्वार विष्णु कार्कीले बुटवलबाट गुन्डा ल्याएर चोरमाराको होटेलमा राखेको आरोप लगाएका छन् ।

१०/१२ जनाको समूहमा बुटवलबाट युवाहरुलाई पैसा दिएर ल्याएर केहि दिनदेखि राखेको उनको आरोप छ । गएरातीको झडपमा पनि तीनै युवाहरुलाई परिचालन गरेको समेत उनले आरोप लगाए ।

वामगठबन्धन नवलपुरद्धारा घटनाको भत्र्सना

संयुक्त वामगठबन्धन नवलपुरले आफ्ना कार्यकर्तालाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले ज्यान मार्ने नियतका साथ धारिलो हतियारसहित आक्रमण गरी घाइते बनाएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गठबन्धनले बुधवार कावासोतीमा पत्रकार सम्मेलन गरी आफ्ना पार्टिका युवाहरु गठबन्धनको कार्यक्रम सकेर घर फर्किने क्रममा नेपाली काँगे्रस मध्यविन्दु नगर सभापति दोमन भण्डारीको नेतृत्वमा रहेको जत्थाले धारिलो हतियारले आक्रमण गरेको आरोप लगाएको छ ।
साथै घटनामा संलग्न आरोपित नेपाली काँगे्रसका मध्यविन्दु नगर सभापति दोमन भण्डारी, नुमाकान्त भण्डारी, षडानन्द तिवारी, हरि रेग्मीलगायतलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसंग जोडदार माग गरेको छ ।

गठबन्धनले जघन्य अपराध र अपराधिककार्य तत्काल नियन्त्रण गर्न स्थानीय प्रशासनलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!