‘टिकटक’का जुम्ल्याहा दिदी बहिनी भन्छन् -एउटै घरमा बिहे गर्दैनौं (भिडियो)

काठमाडौं –यतिबेला टिकटकमा युवा पुस्ता झुमिएको पाईन्छ । केहि अनौठा प्रतिभा, शारीरिक अवस्था अथवा कसैको ध्यान खिच्ने भिडियो बनाईयो भने टिकटकमा हिट हुन गाह्रो छैन । हिट हुनलाई अब म्युजिक भिडियो र फिल्म खेल्नु पर्दैन्, टिकटकमा मेहेनत गरे पुग्छ तर पारिश्रमिक भने पाईदैन ।

नेपालमा पनि धेरै भन्दा धेरै टिकटक युजरहरु पाईन्छन् । नेपालमा चलेका कलाकारहरुले पनि टिकटकमा रमाईलो भिडियो बनाएको पाईन्छ । रेश्मा घिमिरे लगायतका अन्य नामहरु टिकटकका लागि हिट छन् । यहि भिडमा नेपालका एक जुम्ल्याहा दिदी बहिनीको जोडी पनि बिश्व मांझ हिट छ । प्रिन्सि खतिवडा र प्रिज्मा खतिवडा जो टुविन्सी गल्स भनेर भाईरल छन् । टिक टकमा उनीहरुले एउटै हाउभाउमा भिडियो बनाउंछन्, जसलाई करोडौंले रुचाएका छन् । निकै नै राम्रा जुम्ल्याहा दिदी बहिनीको अदामा संसार फिदा छ ।

यसबिच यि दुई दिदी बहिनी नयां नयां न्युज नेपाल मार्फत् मिडियामा आएा छन् । शिशिर भण्डारीसंग कुराकानी गर्दै उनीहरुले रमाईला कुरा साटे । अन्तर्वार्तामै गीत गाउंदै टिकटक भिडियो बनाए अनि जुम्ल्याहा हुनुको मज्जा बताए । यि दुई दिदी बहिनीले के अर्को जुम्ल्याहा भाइृहरुसंग बिवाह गर्लान् त ? प्रश्नमा उनीहरुको रमाईलो जवाफ यस्तो थियो, भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!