तपाईको आजको राशीफलले के भन्छ, हेर्नुहोस्

बि.स.२०७४ मंसिर १८ गते । सोमबार । ईश्वी सन् २०१७ डिसेम्बर ०४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि प्रतिपदा ३३ घडी १० पला,बेलकाु ७ बेजेर ५७ मिनेट उप्रान्त द्धितिया । नक्षत्र रोहिणी,४ घडी ४६ पला,बिहान ८ बजेर ३५ मिनेट उप्रान्त मृगशिरा । चन्द्रराशि बृष,बेलुकी ७ बजेर ४७ मिनेट उप्रान्त मिथुन ।

कोसी-कोका संगममा धार्मिक मेला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ मांगलिक सभा समारोह तथा वनभोज जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिने हुँनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिईने हुँनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्सित गर्न सकिनेछ । नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैत्रिक सम्पति तथा सरकारि धन हातलागि हुँने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुँनुको साथै आयस्रोतका नयाँ नयाँ बाटाहरु फेला पनर्पेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ । घर परिवार तथा आफन्तबिचबो सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच घर सल्लाह नमिल्न सक्छ । सरकारि कामकाजमा ढिला सुस्ति हुँने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउँमा समय खर्चनु पर्ने हुँन सक्छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुँने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुँनेछ भने कस्ले के गर्ने भन्ने बिवाद सिर्जना हुँनेछ । खानपान तथा बाताबरणको ध्यान नदिय स्वास्थ्य सम्बन्धि समस्याले सताउँने देखिन्छ । व्यावसायमा मनमुटाब सिर्जना भई साझेदारहरु बिच फाटो हुँन सक्छ ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नु अगिनै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुँन सक्छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो हुँनेछ । सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मोजमस्तिमा मन जानेहुँनाले अध्यन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका आजको दिन उत्तम नहुँन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । दाजुभाई तथा छिमेकि सँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ । हरेक काममा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनुहोला ।
तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!