पहाडी क्षेत्रमा हिमपात र हिम पहिरोकाे खतरा, सचेत रहन माैसमविदकाे सुझाव

काठमाण्डाै – पश्चिमी वायुको प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

Related image

बाढी पूर्वानुमान शाखाले सूचना निकाल्दै उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो बर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारैदेखि नेपाल प्रवेश गरेको मौसमविद्ले बताएका छन् ।

बिहीबारदेखि शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्को अनुमान छ ।

बिहीबारदेखि देशभरीकै मौसम बदली भइ धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केही दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् । मौसमविद् मन्जु बासीका अनुसार मंगलबारदेखि नै बदली गराएको पश्चिमी वायु बेलुकादेखि अझ सक्रिय हुने भएकाले बिहीबारदेखि भने केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने र भारी हिमपात हुने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!