एमालेका राजन भट्टराइलाइ हराउदै गगन थापा बिजयी हुदाँ

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ३ हजार बढी मतले विजयी भएका छन्।

थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।

गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका हुन्।

त्यस्तै इलाममा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ फराकिलो मत अन्तरले अगाडि छन् ।

इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा एमालेका वरिष्ठ नेता खनाल झण्डै दोब्बर मतले अगाडि छन् । खनालले ३ हजार ४८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भुपेन्द्र कट्टेलले १६ सय ४६ मत ल्याएका छन् ।

यसैगरी, इलाम क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अग्रता लिइरहेका छन् । उनले ३३ सय १३ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका केशव थापाले २३ सय २० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!