अस्ती भर्खर जस्तो लाग्छ सिन्दुर घसेको, कति छिटै टुक्रियो रिमाको वैवाहिक सम्बन्ध

अभिनेत्री रीमा विश्वकर्माको पति रोबर्ट बिकसँग डिभोर्स भएको छ । २ साता अगाडि यी दुइले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् । रीमा र रोबर्टको डिभोर्स सहमतीमै भएको हो ।

केही महिनादेखि यी दुई डिभोर्सको तयारीमा लागेका थिए । रीमाले आफू निकट साथीहरुसँग डिभोर्स गर्न लागेको बताएकी थिइन् । रीमा र रोबर्टको बिहे २ बर्ष अगाडि भएको थियो । बिहे अगाडि यी दुई केहि समय प्रेम सम्बन्धमा पनि रहेका थिए ।

डिभोर्स लगतै रोबर्टले मोरङ घर भएर काठमाण्डौ बस्दै आएकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेका छन् । शुक्रबार इन्गेजमेन्ट गरेर शनिबार बिहानै रोबर्ट बेलायत उडेका छन् । बिहेको मिति भने तय भएको छैन । यो बिषयमा अभिनेत्री रीमा विश्वकर्माले केहि पनि बताएकी छैनन् । उनको फोन पनि उठेको छैन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!