बाबुराम भट्टराई विजयी, दंग परिन् करिश्मा !

काठमाडौँ – विश्वमै प्रतिक्षाका साथ हेरिएको गोरखा २ नम्बर क्षेत्रमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई विजयी भएका छन् । उनले, आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई फराकिलो मत अन्तरले हराएका छन् ।

उनले नारायणकाजीलाई ६ हजार ८७४ मतान्तरले पराजित गरेका छन् । भट्टराइले ३१ ह्जार ८०७ मत ल्याउँदा नारायणकाजीले २४ हजार ९३३ मत ल्याएका छन् ।

बाबुरामले विजय प्राप्त गरेसँगै नयाँ शक्ति पार्टी राष्ट्रिय दल बन्ने संभावना बढेको छ । अब, कुल मतको ३ प्रतिशत मत ल्याएको खण्डमा नयाँ शक्ति राष्ट्रिय पार्टी बन्नेछ ।

बाबुराम विजेता बनेसँगै अब नेपाली फिल्म क्षेत्रकी चर्चित हिरोइन करिश्मा मानन्धरको समानुपातिकतर्फबाट सांसद बन्ने संभावना बढेको छ । नयाँ शक्तिको समानुपातिकको सूचीमा करिश्माको नाम पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!