यस्तो छ आज रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, मंसिर २४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २४ पैसा र विक्रि दर २८ रुपैंयाँ ४० पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया ३५ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ३४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ६६ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ २५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!