नेपाली फिल्म इन्ड्रष्ट्रीमा नयाँ नयाँ कलाकारहरुको आगमन भइरहेको छ । दिनानुदिन नयाँ नया कलाकारहरुको आगमनसंगै माया थामी पनि यस क्षेत्रमा प्रवेश गरेकी छन । थामीले २ बर्षदेखि यस क्षेत्रमा संघर्षरत छन र उनले यस क्षेत्रमा आउन के कस्तो संघर्ष गरिन हेर्नुस मायासंग एक अनलाइनले लिएको अन्तरवार्ता यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । नायिका थामीको अन्तरवार्ता कस्तो थियो किन भाइरल बन्यो हेर्नुस जस्ताको तस्तै अन्तरवार्ता
हिजो आजा के गर्दै हुनुहुन्छ ?
फिल्मको काम भइरहेको छ । सिरियल म्युजिक भिडियोको सुटिङ तिरै व्यस्त छु ।
कलाकारिता क्षेत्रमा कसरी आउनु भयो ?
सुरुमा डान्स गर्थे डान्स गर्दै गर्दा विभिन्न प्रोग्रामहरुमा जान थाले प्रोगममा जादाजादै मोडलिङमा अफर आयो । त्यस पछि म निरन्तर रुपमा कलाकारिता क्षेत्रमा लाग्दै आएकी छु ।
कस्तो लाग्छ यो क्षेत्र ?
मलाई त रमाइलो लाग्छ । किनकी आफुलाई एउटा कलाकारको रुपमा चिनाउन पाउदा आफैलाइ गर्भ लाग्छ । विभिन्न ठाउमा घुम्न पाइने विभिन्न व्यक्तिहरुसंग चिनजान हुने भएका कारण मलाई यो क्षेत्र एकदमै रमाइलो लाग्छ ।
यो क्षेत्रमा लागेको कति भयो ?
हुन त सुरुवाती नै हो भर्खरै २ बर्ष जति भयो ।
यस क्षेत्रमा आउन कतिको संघर्ष गर्नुपर्यो ?
सुरुमा संघर्ष धेरै गर्नु प¥यो । तर त्यो संघर्ष मेरै लागि थियो । किनकी संघर्ष नगरी सफल पनि त भइन्न नि । कहिले विहानै देखि भोकभोकै सुटिङमा नि गइयो । मुभीको सुटिङमा जादा त झन लामो समयसम्म आफनो परिवार आफन्तसंग भेटघाट गर्न नपाइने दुख लाथ्यो त्यतिबेला चाही । तर, जे होस भोलीको लागि आफनै लागी भनेर त्यसलाई सहज रुपमा लिन्थे ।
परिवारको सपोर्ट छ ?
मलाई यो क्षेत्रमा आउन मेरो बाबाआमाले राम्रो सपोर्ट गर्नु भएको छ । परिवारले सपोर्ट नगरेको भए त म यहाँसम्म आइपुग्ने पनि थिइन नि
मोडलिङमा देखाइने ग्ल्यामरलाई कसरी लिनु हुन्छ ?
हुन त कथाले मागेपछि ग्ल्यामर आवश्यक पर्छ । तर, मैले चाही त्यस्तो हट ग्ल्यामर गरेकी छैन । मैले गरेका म्युजिक भिडियोहरु प्राय सामान्य ड्रेसमा नै छन ।
त्यसो भए कथाले माग्यो भने कति सम्म ओपन हुन सक्नु हुन्छ ?
कथाले माग्यो भनेर सबै खोल्ने कुरा भएन । देखाउन मिल्नेसम्म ओपन हुन सक्छु ।
कथाले माग्ने हो कि निर्देशकले माग्ने हो ?
कथाले खोजेपछि निर्देशकले माग्ने हो । मुमेन्ट अनुसार कुन गीतमा कस्तो डे«सअप स्वीटेवल हुन्छ भनेर त्यो थाहा हुने कुरा हो । निर्देशकले भन्दा पनि कथाले माग्ने हो ।
त्यसो त कतिपय मोडल तथा नायिकाहरुले निर्देशकसंग सम्झौता गर्छन भन्छन नि ?
कति हदसम्म त्यो सहि पनि होला तर मेरो सोचाइमा भने त्यो गलत हो । किनकी आफुसंग क्षमता छ भने कसैसंग सम्झौता नि गरिरहनु पर्दैन कसैसंग झुक्नु पनि पर्दैन । अब आफुसंग क्षमता छैन तर कलाकार बन्न मन छ भने त्यस्ताले भने सम्झौता गरेका हुन्छन रे भनेको चाही मैले पनि सुनेको हो । तर, मैले भने कसैसंग सम्झौता गर्नु परेन ।
ब्वाइफ्रण्डचाही कति छन नि ?
ब्वाइफ्रेण्ड चाही धेरै छन तर मन मिल्ने साथी चाही छैन । अहिले म सिंगल नै छु । रिलेशनमा छैन ।
कहिलेकाही सुटिङमा जाँदा आप्mनो साथमा ब्वाइफ्रेण्ड भइदिए हुन्थ्यो जस्तो लाग्दैन ?
खासै त्यस्तो हुदैन । आफुलाई क्यमेरा फेस गर्नुपर्ने हुन्छ । आफनो काम प्रति नै बढी चासो हुन्छ । त्यो सोचाइ आउदै आउदैन ।
कस्तो केटा भयो भने ब्वाइफ्रेण्ड बनाउन हुन्छ ?
राम्रो, हेडसम सबैले मन पराउने खालको मलाई माया गर्ने, मेरो यो क्षेत्रलाई बुझेको केटा भयो भने ब्वाइफ्रेण्ड बनाउछु ।
सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ?
बच्चा जन्माउनका लागि पुरुष महिलाबीच हुने क्रियाकलाप नै सेक्स हो । यो प्रकृतिको नियम पनि हो ।
तपाइलाई सेक्सको अनुभव छ ?
अहिलेसम्म गरेकै छैन । गरेको दिन पहिलो पटक तपाइलाई नै भनौला ।
कस्तो खालको केटासंग सेक्स गर्न पाए हुन्थ्यो जस्तो लाग्छ?
ह्याडस केटासंग
कस्तो ठाउमा सेक्स गर्न रमाइलो लाग्छ ?
स्वीमपुलको पानीमा सेक्स गर्न रमाइलो लाग्छ
अनि सुटिङामा जादा नरमाइलो लागेको क्षण चाही ?
मुभीको सुटिङमा जादा विरामी भए सबैले यो क्षेत्र छोड भने तर मैले यो क्षेत्रलाई छोडन सकिन ।
अबको भविष्य चाही कता तिर ?
आफनो स्वास्थ्यले साथ दिएको खण्डमा यही क्षेत्रमा लाग्ने योजना बनाएकी छु ।
सुटिङमा कुनै पनि सट दिदा भित्रैबाट रुन मनलागेको क्षण छ की ?
छ , मुभीको सुटिङमा मलाई मरेर चितामा जलाइएको अवस्था थियो । म मरेको अभिनय गरेर चितामा जल्न लागेको थिए । सुरुमा अभिनय गर्न त एक्साइटेट भएकी थिए । सुरुमा गर्दा त मजा पनि आएको थियो तर पछि आखाँबाट आसु झ¥यो अनि रुन पुगेछु ।
Source : Ramailo Nepal
प्रतिक्रिया दिनुहोस्