गोरेले खोले ठूलो रहस्य ? आखिर को को नेता होलान् त सुन तस्कर ?

विराटनगर । ३८ क्विन्टरल सुन काण्डका मुख्य आरोपी मानिएका मोरङका चुडामणि उप्रेती गोरेले सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो भएको बताएका छन् । जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोल्दै आँफु केवल सामान्य ब्यीक्त भएको र सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो भएको भन्दै नेता र प्रहरीलाई पोलेका छन् ।

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै भएको अर्को नयाँ रहस्य उनको ३७ पृष्ठ लामो बयानमा उल्लेख छ । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको बताउँदै गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भने फेरी पनि दोहोर्याएका छन् ।

‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गरेको पोल खोल्दै गोरेले त्यसको विषयमा भने आँफु जानकार नभएको भन्दै रहस्यलाई रहस्यकै गर्वमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!