निर्मला हत्याकाण्ड : महेन्द्रनगर दिनभर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

कञ्चनपुर –निर्मला पन्तको वास्तविक हत्याराको पहिचान गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले गरेको प्रदर्शनका क्रममा बुधबार पनि महेन्द्रनगर तनावग्रस्त बनेको छ ।

प्रहरीले निर्मलाको बलात्कार र हत्या अभियोगमा मानसिक सन्तुलन ठिक नभएका स्थानीय दिलिपसिंह बिष्टलाई प्रक्राउ गरी सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले त्यसको विरोध स्वरुप स्थानीयले बुधबार पनि महेन्द्रनगरमा आन्दोलन र प्रर्दशन गरेका छन् ।

निर्मलाकी साथीको घर घेराउ
आक्रोशित स्थानीयले बुधबार निर्मला साथी रोशनीको घर घेराउ गरेका छन् । उनीहरुले निर्मलाको हत्यामा रोशनीकी दिदी बबिताको हात हुन सक्ने भन्दै उनीमाथि अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका हुन् ।

आक्रोशित भिडले बमको घरभित्र प्रवेश गर्न खोजेपछि प्रहरी बल प्रयोग गर्दै २० राउण्ड हवाई फायर र दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय र प्रहरीबीच झडप समेत भएको छ ।

त्यो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले भने ६४ सेल अश्रुग्यास प्रहार भएको बताउनुभयो । ‘आज हवाई फायर भएको छैन’, प्रनाउ सेटीले भन्नुभयो, ‘स्थितिलाई नियन्त्रणमा लिन ६४ सेल अश्रुग्यास मात्रै हानिएको हो ।’

प्रहरीले रोशनी र बबितामाथि छानबिन नगरेको र निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएको स्थानीय रञ्जु थापाले बताउनुभयो ।

प्रहरी प्रशासनले वास्तविक दोषीलाई कानुनी दायरामा नल्याएसम्म आफूहको आन्दोलन जारी रहने स्थानीय बिमला थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!