सरकारले गरिब जनताको जीवनमाथि खेलबाड गरिरहेको छ : रामचन्द्र पौडेल

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब जनताको जीवनमाथि खेलबाड गरिरहेको आरोप लगाउनु भएको छ ।

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो कमिशनको चलखेल गरिएको भन्दै सरकारको चर्काे आलोचना गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्र समाप्त पार्न लागिपरेको आरोप पनि लगाउनुभयो ।

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो धनराशी घोटाला गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अर्काे चुनावमा सत्ताकब्जा गर्ने षडयन्त्र गरिरहेको दावी पनि गर्नु भयो ।

कांग्रेस नेता पौडेलले सरकारलाई जथाभावी चल्न नदिन पार्टीभित्रको एकता बलियो हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!