मोरङ – सामाजिक सञ्जाल इमोमार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले रंगेली नगरपालिका ६ बस्ने २१ वर्षीय अजितकुमार साह, रंगेली –९, बस्ने १९ वर्षीय कैलाश ऋषिदेव र सुनवर्षी नगरपालिका ५ बस्ने ३३ वर्षीय हेमशंकर ऋषिदेवलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई रंगेली बजारस्थित मनोज मनी ट्रान्सफर नजिकैबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार झापा दमक ८ बस्ने सिता भुजेललाई इमोमार्फत फोन गरी भारतीय २५ लाख रुपैयाँ पुरस्कार विजेता भन्दै पुरस्कार प्राप्त गर्नका लागि डेढ लाख रुपैयाँ आईएमईमार्फत माग गरी रकम ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।
पछिल्लो समय इमो लट्रीमार्फत २५ लाख पुरस्कार पाएको भन्दै ‘फेक कल’ आउने गरेको छ । त्यस प्रकारको कुनै चिठ्ठा नभएकाले त्यस्ता ठगबाट सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्