नायिका श्वेता खड्काले साइन गरिन् नयाँ फिल्म ‘हेल्लो जिन्दगी’

नायिका श्वेता खड्काले हालै नयाँ फिल्म साइन गरेकी छन् । उनले ‘कान्छी’ फिल्म पछि एभरेष्ट सूर्य बोहोराको निर्देशन रहने फिल्म ‘हेल्लो जिन्दगी’ साइन गरेकी हुन् । श्वेता यतिबेला माझी बस्ती निर्माणको अन्तिम तयारीमा छिन् ।

उनले बिहिबार साँझ औपचारिक रुपमा निर्माण टिमसँग फिल्म साइन गरेको बताइन् । उक्त जानकारी फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । उनले फिल्मप्रति निकै उत्साहित रहेको बताउँदै फोटो सार्वजनिक गरेकी हुन् । यो फिल्ममा ‘कृ’ नायिका अदिती बुढाथोकी रहने चर्चा थियो ।

निर्देशक बोहोराको निर्देशन र लेखन रहने फिल्ममा सिर्जना जोशी निर्माता रहेकी छिन् । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!