गेष्ट हाउसको कोठामा भेटियो धादिङकी १८ बर्षिय लक्ष्मीको शव

धादिङ, १६ भदौ । धादिङ त्रिपुरासुन्दरी गाउपालिका वडा नं. ७ स्थायी घर भएकी १८ बर्षीय लक्ष्मी परियार बशुन्धाराको स्पिड गेष्ट हाउसमा मृत फेला परेकी छन् उनि उक्त गेष्ट हाउसमा भदौ ७ गतेदेखि नै श्रीमान अनिल परियारसंग बस्दै आएकी गेष्ट हाउस संचालक मनोज तामाङले बताएका छन् ।

१२ गते बेलुका खाना खाएर श्रीमानसंगै सुतेको संचालक तामाङको भनाइ छ १३ गते मनोजको छोरालाई लक्ष्मीका श्रीमानले फोन गरेर हामीलाई खान नबनाउनु म नानि (लक्ष्मी) लाई लिएर हस्पिटल जादैछु भनेका थिए । त्यसकै बेलुका पनि पुन फोन गरेर नानीलाई हस्पिटलमै राख्नुपर्ने भयो बेलुकी पनि खाना नबनाउनु भनेर फोन गरेका थिए ।

१४ गते बेलुका ४ बजे होटेल संचालकका छोरा आफैले फोन गरेर आउने नआउने बारे सोध्न खोज्दा अनिलको मोबाइल अफ भएको मनोजले बताए ।

शुक्रबार गेष्ट हाउस संचालकका छिमेकी सहकारी संचालकले वरीपरी गन्ध आएको भन्दै खबर गरेपछि कोठामा हेर्दा लक्ष्मी मृत फेला परेकी थिइन् ।

त्यसपछि प्रहरीले होटल संचालक मनोजलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने लक्ष्मीका श्रीमान अनिल फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!