दाङमा बोक्सीको आरोपमा एक वृद्धाको हत्या, बुहारीकै संलग्नता भएको खुलासा

दाङ । दाङ प्रहरीले बोक्सीको आरोपमा आफ्नै सासुको हत्या गर्ने अभियुक्तलाई सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबार पत्रकार सम्मेलन गरेर ६९ बर्षिय खोपि रावत हत्याको अभियोगमा कृष्णनगर भन्सार क्षेत्रबाट पक्राउ गरिएकी उनकै बुहारी टङकी रावतलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार राम्रो धामीझाँक्री छ भन्दै भदौ २ गते सासुलाई सल्यान पुर्‍याएकी अभियुक्त रावलले भदौ ५ मा छोटो बाटोबाट घर फर्कने भन्दै कपुरकोट गाउपालिका–२ भाकम जंगलमा लगेर लाठी प्रहारगरि हत्या गरेको खुलेको छ ।

दङगीशरण गाउपालिका वडानम्बर ३ निवासि रावत लामो समयदेखि बिरामी रहेको र झारफुकका क्रममा झाक्रीहरुले तपाईंको घरमै बोक्सिनी छ भनेपछि बुहारिले सासुलाई मार्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुई हप्तापछि सल्यान प्रहरी र परिवारको सक्रियतामा जंगलमा शव भेटिएपछि घटनाको रहस्य बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!