धरानको होटल कान्तिपुरमा प्रेमीले गरे प्रेमीकाको विभत्स हत्या, ट्रक चढेर भाग्दै गर्दा पक्राऊ

धरान । धरान–१८ स्थित होटल कान्तिपुरमा एक युवती मृत फेला परेकी छन् । मृत फेला पर्नेमा धरान–१८ कि रिता रार्इ रहेकी छन् ।होटल कान्तिपुरमा मृत फेला परेकी युवतीसँगै रहेका युवक पक्राउ परेका छन् । उनीहरू प्रेमीप्रेमीका रहेको र विगत ४ हप्ता भन्दा बढी समयदेखि सो होटलमा बस्दै आएकोप्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

युवतीको मृत्यु भएपछि होटल साहुलार्इ पैसा निकालेर आउछु भन्दै युवक फरार भएका थिए ।उनलार्इ राति नै प्रहरीले ट्रक चढेर भाग्दै गरेको अवस्थामा तिनकुनेबाट नियन्त्रणमा लिएको थियो । उनीसँगै रहेका अर्का युवालाई समेत नियन्त्रणमा लिएको बताइएको छ ।मृत्युको कारण भने शव पोष्टमार्टम रिपोर्ट र विज्ञको अनुसन्धानपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!