अब मुग्लिनदेखि नारायणगढ ३५ मिनेटमै सरर‍‍‍‍ (भिडियो)

काठमाडौं – मुग्लिन–नारायणगढ सडक भन्ने बित्तिकै प्राय सबैले सम्झिने कुरा हो छिनछिनमै खसिरहने पहिरो अनि घण्टौँको जाम ।

तर अब यो सडकले आफ्नो परिचय फेरेको छ । अहिले गाडी सर्ररर गुड्छन् । अनि पहिरो खसेन भने मुग्लिनबाट छुटेको ३५ मिनेटमै नारायणगढ पुगिने छ ।

कहिलेकाहीँ पहिरो त खस्छ । तर पहिरो खसिहालेमा पन्छाउनलाई एस्काभेटर तयारी अवस्थामा राखिएको छ । जसले फाट्टफुट्ट खस्ने पहिरो पन्छाउँछ । सडक निर्माणको काम पूरै सकिएको त छैन । भित्तो काटेर फराकिलो पार्ने र सडक कालोपत्रे गर्ने काम सकिएको हो ।

नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर सडक फरकिलो सँगै तीन तहको कालोपत्रे गरिएको हो । सडक सहज बनेसँगै पूर्व र पश्चिमलाई काठमाडौंसँग जोड्ने यो सडक हुँदै आवत–जावत गर्ने यात्रुले पहिलाको जस्तो सास्ती खेप्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!