गौचनको हत्यामा संलग्न थप दुई पक्राउ, दुई पेस्तोल र १० राउन्ड गोली बरामद

प्रहरीले गौचनको हत्या अभियोगमा शुक्रबार बसन्त थेवे र धनराज योङहाङलाई पक्रेको हो ।

दुवैलाई कपनबाट पक्रेको गौचन हत्या अनुसन्धान टोलीको नेतृत्व गरेका डीआइजी गणेश केसीले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट दुईओटा पेस्तोल र १० राउन्ड गोली पनि बरामद भएको छ ।

यसअघि, बिहीबारमात्र प्रहरीले गौचनको हत्यामा संलग्न ‘सुटर’सहित ५ जनालाई सार्वजनिक गरेको थियो ।

मुख्य योजनाकार मानिएका समिरमानसिंह बस्नेत र मनोज पुन भने अझै फरार छन् ।

प्रहरी अनुसन्धानले मागेजति फिरौती नदिएका कारण गौचनको हत्या भएको देखाएको जनाइएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्