पोखराको पहिलो DJ महिला, केटालाई समेत कुट्नु पछि पर्दैनन् !!

बझाङबाट धनगढी बसाई झर्दैगर्दा होटलमा टिभी देखेर अच्चममा परेकी सोनिकाले त्यहीबेला एउटा सपना पाल्नुभयो, कुनै दिन टिभीमा देखिने । बाल्यकालको त्यही सपना पूरा गर्न एक वर्षदेखि सोनिका ग्ल्यामर क्षेत्रमा हुनुहुन्छ । बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गर्नुभएकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो । यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गर्नुभएकी सोनिकाको रहर छ, नेपाली चलचित्रमा नै स्थापित बन्ने ।
नायिका रेखा थापाको क्रेजी फ् यान हुन् , सोनिका । साथीभाइले ‘तिमी त रेखाजस्तै देखिन्छौँ’ भनेर फुर्काउने क्रममै नायिका बन्ने रहर अझ झ् याङ् गीएर गएको सोनिका बताउनुहुन्छ ।

उहाँले छोटै अवधिमा तीनवटा म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ । नाच्नु र हरर फिल्म हेर्नु उहाँको लत नै हो । धनगढीको स्थानीय टिभी च्यानलले आयोजना गरेको ‘अन्डर १५’ डान्समा फाइनल राउन्डमा पुग्न सफल सोनिका भन्नुहुन्छ– “सुत्नुभन्दा अघि जहिल्यै पनि हरर फिल्म हेर्थें । हरर मुभी खेल्ने रहर छ । ” अभिनयमा ‘बोल्ड रोल’ मन पराउने सोनिका भन्नुहुन्छ– “निर्देशक शोभियत बस्नेतसँग काम थाल्न मन छ । ”

केही समय अघि उनी “.wow Nepal’ युट्युब च्यानल चलाएर भाईरल बनिन, अचेल उनले आफ्नै नामबाट ‘द सोनिका शो’ च्यानल खोलेर VJ को रूपमा काम गरिरहेकी छिन| विभिन्न कलाकार तथा व्यक्तिहरूसंग अन्तरवार्ता लिन्छन निकै रमाईलो र कामुक शैलीमा | हेर्नुस आजको `द सोनिका शो’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!