मलेसिया जाने कामदारको लागि खुःशीको खबर, ओली सरकारको यस्तो उपहार !

काठमाडौं । लाखौं नेपालीहरुको रोजगारदाता देश हो मलेसिया ! नेपालको कमजोर आर्थिक स्थितीले पारिवारीक असहजा हुने भएको कारणले गर्दा हरेक वर्ष लाखौं नेपालीहरुले रोजगारीको लागि देश छोड्नुपर्ने तितो यर्थात हामीसँग रहेको छ । विदेश जाने क्रममा धेरै नेपालीहरुले ठगिनु परेको कुरा पनि धेरै नयाँ र फरक होईन । तर अब मलेसिया जाने कामदारको लागि खुःशीको खबर आएको छ । अब बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नु नपर्ने भएको छ ।

अब मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्ने सरकारले जनाएको छ । अब कुनैपनि बहानामा मलेसिया कामदार पठाउने नाममा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!