हुएस्कामाथि बार्सिलाेनाकाे ८ – २ गोलको फराकिलो जित

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा नव प्रवेशी क्लब हुएस्का ८ – २ गोलको फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा भएकाे खेलमा बार्सिलोनाकाे जितमा लियोनल मेस्सी र लुइस स्वारेजले २ – २ गोल गरे । यता साेसिडाड जोर्गे पुलिडोले आत्मघाती गोल गर्दा जुवान हर्नान्डेज र गाल्लर फाल्गुएराले १ – १ गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै हर्नान्डेजको गोलबाट पाहुना टोलीले खेलमा अग्रता बनाएको थियो । तर, १६ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । २४ औं मिनेटमा जोर्गेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल २ – १ को अग्रता बनायो । ३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३ – १ को अवस्थामा पुर्याए । त्यसको तीन मिनेट पछि नै हुएस्काका फाल्गुएराले गोल गर्दै खेल ३ – २ अवस्थामा पुर्याए ।

दोस्रो हाफमा बार्सिलोनाले पाँच गोल थप्याे । ४८ औं मिनेटमा डेम्बेलेले ५२ औं मिनेटमा राकीटिच र ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६ – २ को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा अलावा र ९० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ८ – २ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ३ खेलबाट ९ अंकका लिगकाे शीर्ष स्थानमा फर्किएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!