पुजा शर्मालाई हेर्नेको यस्तो भिड! पुलिसले पनि सकेन रोक्न !

सुदूरपश्चिममा भव्यताका साथ मनाइने गौरा पर्व सोमबार काठमाडौँमा मनाइएको छ । काठमाडौँको टुँडिखेलमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा आइ बसोबास गरेकाले यो पर्व मनाएका थिए । टुँडिखेल मा भव्य आयोजना गरिएको कार्यक्रममा यही आउँदो शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रामकहानी’ टिम पनि सहभागी भएको थियो ।

नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकारद्धय जितु नेपाल र राजाराज पौडेल त्यहाँ उपस्थित भएका थिए । उनीहरुसगै टुँडिखेलमा गौरा मनाउन नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरू पनि पुगेका थिए । सबैले एकआपसमा हात समात्दै देउडा नाचेका थिए । भिडियो सहित :-

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!