बच्चा जन्माएर बागमती नदीमा फाल्ने महिलाको नयाँ खुलासा भएको छ । ती महिलाले जन्माएको चार दिनमै नाबालक शिशुलाईविहीबार बागमतीमा फालेकी थिईन् । स्थानीयले देखेपछि उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
कसरी जन्मियो बच्चा ?
बागमतीमा बच्चा फल्ने महिलाको नाम हो कान्छीमाया तामाङ । उमेर भयो २२ बर्ष । घर काभ्रे गोकुले–५ मा पर्छ । उनले बच्चालाईपशुपतीमा फालेकी थिईन । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा खाँडी मुलुकमा छन् ।गत वर्ष उनी काठमाडौं आउने क्रममा एक बस ड्राइभरसँग चिनजान भयो । श्रीमान विदेश गएकाले यौन प्यास मेटाउन नपाएकीउनले ड्राइभरसँग आफ्नो सम्बन्ध बढाए । जसअनुसार उनीहरु शारीरिक सम्पर्क पनि हुन थाल्यो ।
त्यो शारीरिक सम्पर्क उनी गर्भवती भईन् । शारीरिक सम्पर्क राख्दा ख्याल नगरेकाले उनको गर्भपतन गराउने अवस्था थिएन् ।अन्ततः उनले अवैध सम्बन्धबाट बच्चा जन्माईन् ।बच्चा पाल्दा पोल खुल्ने डरले उनले जिउँदै बच्चालाई पशुपतीस्थित बाग्मती खोलामा फालिन । तर स्थानीयले देखेपछि उनलाईपक्राउ गरे । अचम्मको कुरा के भने ४ दिनको नाबालाक बच्चाको सकुशल उद्धार गरिएको छ ।
कारवाही प्रक्रिया अगाडि बढ्यो
त्यो घटनापछि उनलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेशसिंहका अनुसार उनले प्रहरी वयानको यो कुरा बताएकी हुन् । पक्राउ परेकी तामाङलाई ज्यानसम्बन्धि मुद्दामा ३ वर्षसम्म कैदसजाय हुने उनले बताए ।बिहीबार बिहान बाग्मतीमा युवतीले फोहोर फालेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य खुलेको हो । खोलामाफालिएको झोला निकालेर हेर्दा सानो बच्चा जिउदै भेटिएको थियो । प्रहरीले बच्चालाई अस्पताल पुर्याई तामाङलाई हिरासतमाराखेको छ ।
अचम्मको संसार
प्रतिक्रिया दिनुहोस्